Miyazaki Mango

सर्वोत्कृष्ट गुणस्तरको irwin आँप मात्र Miyazaki(Taiyo no Tamago) बन्न पाउने हो ”Taiyo no Tamag” को उपमा पाउनका लागि यस आँपले कडा मापदण्ड पूरा गर्नुपर्छ: 🔶हरेक दानाको तौल कम्तीमा ३५० ग्राम भन्दा बढी हुनुपर्छ। 🔶गुदीमा चिनीको मात्रा (Sweetness) १५ डिग्री वा सोभन्दा बढी हुनुपर्छ। 🔶आकार र रङ्गमा कुनै दाग वा त्रुटि नभएको उत्कृष्ट स्वरूप हुनुपर्छ। यसको…

Category:

Description

Irwin आँप Lippens र Haden बिचको क्रस hybrid हो, जसलाई सन् १९४० को दशकमा फ्लोरिडाको मियामीका एफ.डी. इरविनले बिकास गरेका थिए । अहिले प्रचलित भैरहेको Miyazaki पनि Irwin नै हो । सर्वोत्कृष्ट गुणस्तरको irwin आँप मात्र Miyazaki(Taiyo no Tamago) बन्न पाउने हो ”Taiyo no Tamag” को उपमा पाउनका लागि यस आँपले कडा मापदण्ड पूरा गर्नुपर्छ:
🔶हरेक दानाको तौल कम्तीमा ३५० ग्राम भन्दा बढी हुनुपर्छ।
🔶गुदीमा चिनीको मात्रा (Sweetness) १५ डिग्री वा सोभन्दा बढी हुनुपर्छ।
🔶आकार र रङ्गमा कुनै दाग वा त्रुटि नभएको उत्कृष्ट स्वरूप हुनुपर्छ।
यसको खेती सामान्य तरिकाले गरिँदैन। यसलाई विशेष गरी तापक्रम नियन्त्रित हरितगृह (Greenhouse) मा अत्यन्तै सावधानीपूर्वक हुर्काइन्छ। प्रत्येक फललाई पाकेर आफैँ झर्दा नकुचियोस् भनेर रुखमा नै जालीको थैली ले बाँधेर राखिन्छ।
✅यसको सुन्दरता उच्च गुणस्तर र दुर्लभताका कारण अन्तर्राष्ट्रिय बजारमा यो आँप अत्यन्तै महँगोमा बिक्री हुन्छ। लिलामी (Auction) मा यसको मूल्य प्रति जोडी लाखौँ रुपैयाँ सम्म पुग्न सक्छ।

🔷 सबै Miyazaki हरू irwin हुन् तर सबै irwn हरू Taiyo no Tamago(Miyazaki)होइनन् ।

🔴Taiyo no Tamago जपानीज नाम हो जसको अर्थ ‘सूर्यको अण्डा’ (Egg of the Sun) हुन्छ। यो नाम आँपको आकार अण्डा जस्तो र रङ्ग चम्किलो रातो हुने भएकाले दिइएको हो। यो मुख्यतया जापानको मियाजाकी (Miyazaki) प्रान्तमा खेती तथा उत्पादन हुन्छ जसले गर्दा यस आँप को नाम miyazaki पनि रहन गएको हो ।

♦️मियाजाकी आँप केवल एक फल मात्र नभई यो जापानको कृषि प्रविधिको उच्च गुणस्तरको प्रतीक हो, जसलाई ‘सूर्यको अण्डा’ (ताईयो नो तामागो) भनिन्छ। यसको रङ्ग, मिठास र मूल्यले गर्दा यसलाई विश्वको सबैभन्दा विलासी (Luxury) फलको रूपमा चिनिन्छ।

मियाजाकी आँपलाई संसारकै सबैभन्दा महँगो र उत्कृष्ट गुणस्तरको आँप मानिन्छ।
✅यो आँप पाक्दा गाढा रातो वा रातो-बैजनी रङ्गको हुन्छ, जुन साधारण आँप भन्दा एकदमै फरक देखिन्छ। यसको आकार अण्डाकार हुन्छ।
✅यसको गुदी एकदमै मीठो, रसदार र रेशारहित (Fiberless) हुन्छ। यसको गुलियोपना अन्य आँपको तुलनामा निकै बढी (१५% भन्दा माथि) हुन्छ।

✅मियाजाकी आँपको व्यावसायिक खेती नेपालमा व्यापक रूपमा सुरु भइसकेको छैन। यद्यपि, केही किसानहरूले नेपालको वातावरणमा यो आँप फलाउन सकिन्छ कि भनेर परीक्षण उत्पादन सुरु गरेका छन् र धेरै ठाउँमा यसमा सफल परिक्षण भैसकेको छ ।

✅हाल नेपाली बजारमा यो फल सामान्य रूपमा किन्न पाइँदैन। यो मुख्यतया विशेष फलफूल महोत्सवहरू वा प्रदर्शनीहरू मा मात्र देख्न वा किन्न पाइने सम्भावना हुन्छ ।

✅धेरैजसो नर्सरीहरुले ले miyazaki भनेर अर्को जात दिइरहेका हुन्छ सो एकदम बिश्वासनिय नर्सरीबाट बिरुवा खरिद गर्नुपर्छ । रितेश फलफूल नर्सरी रौतहट ले शत प्रतिशत ग्यारेन्टी सहित बिरुवा उपलब्ध गराउने प्रयत्न गरेको छ बिरुवा एव अन्य बिस्तृत जानकारीको लागि :-
=====================
रितेश फलफूल नर्सरी
कटहरिया न.पा-०३ रौतहट
9865503844/9807295277
[email protected]
[email protected]
what’s app/imo/viver- 986-55038 20001500Mango Variety

Reviews

There are no reviews yet.

Be the first to review “Miyazaki Mango”

Your email address will not be published. Required fields are marked *